परिचय

वर्तमान नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा, शैक्षिक तथा प्रशासनिक क्षेत्रको महत्त्वपूर्ण भाषा, बहुसङ्ख्यक नेपालीको प्रथम भाषा र नेपाल बाहिरका मुलुकमा पनि संवैधानिक मान्यता प्राप्त र प्रचलित भएकाले अन्तर्राष्ट्रिय तथा विदेशी भाषा समेत रहेको नेपाली भाषाको औपचारिक शिक्षाको शुभारम्भ राणाकालीन प्रधानमन्त्री देवशमशेरको छोटो प्रधानमन्त्रीत्व कालमा भएको पाइन्छ । वि.सं. १९५८ मा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको सत्प्रयासद्वारा निर्मित अक्षराङ्क शिक्षा (वि.सं. १९५८) नामक पहिलो पाठ्यपुस्तकबाट प्राथमिक तहमा आरम्भ भएको यो नेपाली भाषाको शिक्षा विकासक्रम अहिले स्नातकोत्तर तह हुँदै विद्यावारिधि तहसम्म विस्तारित भएको छ ।

ज्ञान विज्ञानको अनवरत विस्फोटनका साथै प्राविधिक र सञ्चार क्षेत्रमा भएको अत्याधुनिक विकासले वर्तमान सन्दर्भमा नेपाली भाषा शिक्षाको आयाममा पनि विकास भएकाले तदनुरूप यसको विकास र विस्तार गर्न यससम्बन्धी शिक्षण प्रशिक्षण, अनुसन्धान, निरीक्षण र मूल्याङ्कन कार्यका लागि अपेक्षित सक्षम जनशक्ति तयार गर्नु नितान्त आवश्यक हुन्छ । समयानुकूल यिनै आवश्यकताहरूको परिपूर्तिका निमित्त वि.सं. २०२९ मा शिक्षाशास्त्र अध्ययन संस्थानको स्थापनासँगै प्रस्तुत विभागको पनि जग बसालिएको हो । यस विषयमा बी. एड. कार्यक्रम सङ्कायको स्थापनासँगै सञ्चालित भएको हो तापनि एम. एड. कार्यक्रम चाहिँ २०४० सालमा सञ्चालित भएको हो । अहिले यो नेपाली भाषा शिक्षा विभागका रूपमा त्रि.वि. शिक्षाशास्त्र सङ्काय, शिक्षाशास्त्र केन्द्रीय विभाग अन्तर्गत विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रहेर आप्mनो उद्देश्यमा निरन्तर क्रियाशील छ ।

नेपाली भाषा शिक्षाका विविध फाँटमा आवश्यक जनशक्ति विकास गर्ने दायित्व वहन गरेको प्रस्तुत नेपाली भाषा शिक्षा विभागले आफ्नो कार्यक्षेत्रमा दक्ष शैक्षिक जनशक्ति विकास गर्न स्नातकोत्तर तहको चार सेमेस्टरमा आधारित एम.एड. कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै शिक्षा स्नातक स्कुल कार्यक्रमसँग समन्वय गर्दै यस दिमागले एम.फिल. तथा पीएच.डी. कार्यक्रम सञ्चालन गरिएको छ । यस विभागका सबै सदस्यहरूले आ—आप्mनो क्षेत्र र रुचिअनुरूप विषयसँग सम्बन्धित क्षेत्रमा हुने शोधकार्य र अनुसन्धान तहको पिएच.डी. कार्यक्रममा सहभागी हुने शोधार्थीहरूलाई पनि सम्बन्धित विषयमा शोध परामर्श, शोध निर्देशन तथा विशेषज्ञताको सुविधा उपलब्ध गराउँदै आउनुभएको छ ।

यस विभागअन्तर्गत सञ्चालित नेपाली भाषा शिक्षाका निम्नलिखित शैक्षिक कार्यक्रम र तिनमा रहेका पाठ्यांशहरू यसप्रकार छन्:

पहिलो सेमेस्टर

५१५ ः भाषाविज्ञान

५१६ ः नेपाली आख्यान र नाटक

५१७ ः पूर्वीय र पाश्चात्य समालोचना

५१८ ः प्रायोगिक भाषाविज्ञानका प्रमुख क्षेत्र      

दोस्रो सेमेस्टर

५२४ ः भाषिक परीक्षण

५२५ ः नेपाली कविता काव्य

५२६ ः आधुनिक नेपाली निबन्ध र समालोचना ५२९ ः सामाजिक तथा मनोभाषाविज्ञान

तेस्रो सेमेस्टर

५३५ ः नेपाली भाषा शिक्षण

५३७ ः भाषिक अनुसन्धान विधि

५३८ ः भाषाविज्ञानका प्रमुख सिद्धान्त

५३९ ः भाषिक विधा शिक्षण  

चौथो सेमेस्टर

५४२ ः अभ्यास शिक्षण

५४४ ः शोधपत्र

५४५ ः भाषिक सम्पादन कला

यस विभागले शिक्षण—प्रशिक्षण, निरीक्षण, सुपरिवेक्षण र मूल्याङ्कन कार्यका अतिरिक्त विभागको विषय क्षेत्रका विविध पक्षमा हुने अनुसन्धान कार्यमा निर्देशन, तत्परता, सहभागिता, परामर्श, विशेषज्ञता तथा सहयोगको सुविधा प्रदान गर्दै आएको छ । नेपाली भाषा शिक्षा विभागले सम्बन्धित अनुसन्धानका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएकोछ र निम्नलिखित क्षेत्रमा विशेष जोड दिएको छ ः

१.     भाषा शिक्षण

२.     भाषा पाठ्यक्रम

३.     भाषा पाठ्यपुस्तक

४.     विभिन्न सम्बन्धित पाठ्यक्रम पाठ्यपुस्तक आदिको तुलनात्मक अध्ययन

५.     भाषा र भाषिकहरूको शोधमूलक अध्ययन

६.     भाषिक मूल्याङ्कन

७.     द्विभाषिकता र बहुभाषिकताको अध्ययन

८.     दोस्रो भाषाशिक्षण

९.     व्यतिरेकी विश्लेषण, त्रुटिविश्लेषण र सङ्कथन विश्लेषण

१०. बालभाषाको अध्ययन

११. बालसाहित्यको अध्ययन

१२. मातृभाषा र दोस्रो भाषाको अध्ययन राष्ट्रभाषा र विदेशी भाषाको अध्ययन

प्राध्यापक सदस्य

यस विभागमा नेपाली भाषा शिक्षाका विविध क्षेत्रमा विशिष्टता अधिगत गर्नुभएका निम्नलिखित सदस्य रहनुभएको छ ः

क्र.सं.

नाम

पद

१.

डा. केशवराज पोख्रेल

प्राध्यापक

२.

रविकिरण अधिकारी

सहप्राध्यापक 

३.

डा. कुश्मिला आचार्य

सहप्राध्यापक (विभागीय प्रमुख)

४.

डा. बुद्धराज खनिया

सहप्राध्यापक

५.

गीता खनाल

उपप्राध्यापक

६.

डा.केशव भुसाल

उपप्राध्यापक 

७.

डा. दिनेश घिमिरे

उपप्राध्यापक

८.

डा. मोहनप्रसाद भट्ट 

उपप्राध्यापक
९. सिद्धिबहादुर महर्जन 

उपप्राध्यापक

 

१०.

डा.राजेन्द्र खनाल

उपप्राध्यापक

११.

शिवप्रसाद तिमल्सेना

उपप्राध्यापक

१२.

उमेश काफ्ले

उपप्राध्यापक

१३.

गणेशबहादुर बोहरा

शिक्षक

 

पाठ्यांश शीर्षक  र परिचय

पाठ्यांश शीर्षक ः भाषाविज्ञान                              

प्रस्तुत पाठ्यांश त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित दुई बर्से स्नातकोत्तर (एम.एड.) तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशबाट भाषाविज्ञानअन्तर्गत भाषा र भाषाविज्ञानको परिचय, ध्वनिविज्ञान, वर्णविज्ञान, रूपविज्ञान, वाक्यविज्ञान र अर्थविज्ञान एवम् तत्सम्बन्धी प्रायोगिक कार्य गराउने अपेक्षा गरिएको छ ।

पाठ्यांश शीर्षक ः नेपाली आख्यान र नाटक

यो पाठ्यांश त्रि.वि. शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर (एम.एड.) कार्यक्रमअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित नेपाली शिक्षा विषयमा विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशमा आधुनिक नेपाली साहित्यका कथा, उपन्यास, नाटक र एकाङ्की विधाको सिद्धान्त, विकासक्रम, प्रमुख मोड तथा प्रवृत्ति एवम् प्रतिनिधि साहित्यकारहरूका निर्धारित कृतिहरूको विवेचनात्मक अध्ययन गराउने अपेक्षा राखिएको छ ।

पाठ्यांश शीर्षक ः पूर्वीय र पाश्चात्य समालोचना      

प्रस्तुत पाठ्यांश त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित दुई बर्से स्नातकोत्तर (एम. एड.) तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशबाट पूर्वीय समालोचनाअन्तर्गत काव्यको परिभाषा, काव्यहेतु र प्रयोजन, शब्दशक्ति, रससिद्धान्त र ध्वनिसिद्धान्त, अलङ्कार, रीति र वक्रोक्तिसिद्धान्त; पाश्चात्य समालोचनाअन्तर्गत परिष्कारवाद, स्वच्छन्दतावाद, यथार्थवाद, अतियथार्थवाद, अस्तित्ववाद, उत्तर आधुनिकतावाद; पाश्चात्य समालोचना प्रणाली अन्तर्गत नीतिपरक समालोचना प्रणाली, समाजपरक समालोचना प्रणाली, रूपपरक समालोचना प्रणाली र शैलीवैज्ञानिक समालोचना प्रणाली एवम् तत्सम्बन्धी प्रायोगिक कार्य गराउने अपेक्षा गरिएको छ ।

 

पाठ्यांश शीर्षक ः प्रायोगिक भाषा विज्ञानका प्रमुख क्षेत्र                

यो पाठ्यांश त्रि.वि. शिक्षाशास्त्र स्नातकोत्तर (एम.एड.) कार्यक्रमअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित नेपाली शिक्षा विषयमा विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशमा प्रायोगिक भाषाविज्ञानका प्रमुख क्षेत्र अन्तर्गत पर्ने सङ्कथन विश्लेषण, शैलीविज्ञान, कोशविज्ञान र अनुवाद विज्ञानसँग सम्बन्धित सामग्रीहरु रहेका छन् ।

पाठ्यांश शीर्षक ः भाषिक परीक्षण                                  

प्रस्तुत पाठ्यांश शिक्षाशास्त्रमा ‘नेपाली शिक्षा’ विषय लिएर दुई बर्से स्नातक, तिन बर्से स्नातक, चार बर्से स्नातक, एक बर्से स्नातक वा सो सरहको तह उत्तीर्ण गरी स्नातकोत्तर शिक्षा (एम.एड.) कार्यक्रम अन्तर्गत मुख्य विषय ‘नेपाली शिक्षा’ मा विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशमा भाषिक परीक्षणका सैद्धान्तिक अवधारणा, मान्यता र धार, भाषिक परीक्षणका युक्ति र साधन, भाषिक परीक्षण योजना तथा भाषिक प्रश्न निर्माण र विश्लेषणका विविध पक्षहरुको सैद्धान्तिक र प्रायोगिक सुझ विकास गर्ने दृष्टिकोण राखिएको  छ । यसबाट विद्यार्थीहरूमा नेपाली भाषा शिक्षणका सन्दर्भमा भाषिक परीक्षणको सोद्देश्यपूर्ण उपयोग क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।

पाठ्यांश शीर्षक ः नेपाली कविता काव्य                          

यो पाठ्यांश शिक्षाशास्त्र सङ्काय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित नेपाली शिक्षा विषयमा स्नातकोत्तर (एम.एड.) विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरूका लागि तयार गरिएको हो । यस पाठ्यांशमा कविता सिद्धान्त र नेपाली कविताको विकासक्रम, निर्धारित कविहरूका फुटकर कविता र गीत गजलहरू, प्रतिनिधि कविहरूका खण्डकाव्य, नाट्यकाव्य र महाकाव्यहरू रहेका छन् ।

पाठ्यांश शीर्षक ः आधुनिक नेपाली निबन्ध र समालोचना

यो पाठ्यांश शिक्षाशास्त्र सङ्काय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित नेपाली शिक्षा विषयमा स्नातकोत्तर (एम.एड.) विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरूको लागि तयार गरिएको हो । यसमा दुई प्रकारका पाठ्यांशहरु रहेका छन् ः आधुनिक नेपाली निबन्ध र नेपाली समालोचना । आधुनिक नेपाली निबन्धअन्तर्गत निबन्धको परिभाषा र स्वरूप, निबन्धका प्रकार, निबन्धका तत्त्व, निबन्धको अन्य विधासँगको सम्बन्ध, नेपाली निबन्धको विकासका प्रमुख मोड तथा प्रवृत्तिहरू, प्रमुख निबन्धकार र तिनका प्रतिनिधि निबन्धको जानकारी, प्रमुख नेपाली नियात्राकार र तिनका प्रतिनिधि निबन्धको अध्ययन तथा हास्यव्यङ्ग्यको सैद्धान्तिक परिचय एवम् प्रतिनिधि हास्यव्यङ्ग्य निबन्धकारका निबन्धहरू समावेश गरिएका छन् । त्यसैगरी नेपाली समालोचनाअन्तर्गत समालोचनाको परिभाषा र स्वरूप, नेपाली समालोचनाको विकासक्रम, प्रतिनिधि नेपाली समालोचनाका प्रमुख प्रवृत्ति र उत्तरवर्ती नेपाली समालोचनासँग सम्बन्धित सामग्री राखिएको छ ।

पाठ्यांश शीर्षक ः सामाजिक तथा मनो–भाषाविज्ञान            

प्रस्तुत पाठ्यांश त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित तीन बर्से स्नातकोत्तर (एम.एड.) तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशमा सामाजिक भाषाविज्ञान र मनोभाषाविज्ञानसित सम्बद्ध सैद्धान्तिक कुराहरू स्पष्ट पार्ने अपेक्षा राखिएको छ । यो पाठ्यांश खण्ड ‘क’ र खण्ड ‘ख’ गरी दुई भागमा विभाजित छ । खण्ड ‘क’ अन्तर्गत सामाजिक भाषाविज्ञानसित सम्बद्ध पाठ्यवस्तु र खण्ड ‘ख’ अन्तर्गत मनोभाषाविज्ञानसित सम्बद्ध पाठ्यवस्तु रहेका छन्

पाठ्यांश शीर्षक ः नेपाली भाषा शिक्षण                 

यो पाठ्यांश शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित नेपाली शिक्षा विषयमा स्नातकोत्तर (एम.एड.) विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरुको लागि तयार गरिएको हो । यस पाठ्यांशमा भाषा शिक्षणका सिद्धान्त र नेपाली शिक्षणका विविध स्वरूप, विविध भाषाकला सिप शिक्षण प्रविधि, शब्दार्थ, शब्द भण्डार, वाक्य रचना तथा व्याकरण शिक्षण, कक्षा व्यवस्था र निराकरणात्मक शिक्षण, शिक्षण सामग्री र विविध शिक्षण प्रविधिहरू, भाषा शिक्षण र अध्यापन योजना आदि पाठ्य सामग्रीहरू रहेका छन् ।

पाठ्यांश शीर्षक ः भाषिक अनुसन्धान विधि   

यो पाठ्यांश शिक्षाशास्त्र स्नातकोत्तर (एम. एड) कार्यक्रमअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित नेपाली शिक्षा विषयमा विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशमा भाषिक अनुसन्धान सम्बद्ध सैद्धान्तिक र व्यावहारिक पक्षको अध्ययन गराउने अपेक्षा राखिएको छ ।

पाठ्यांश शीर्षक ः भाषाविज्ञानका प्रमुख सिद्धान्त

प्रस्तुत पाठ्यांश त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित दुई बर्से स्नातकोत्तर (एम. एड.) तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशबाट पूर्व र पश्चिमको प्रमुख भाषिक चिन्तन र त्यसका उपलब्धि, संरचनात्मक भाषाविज्ञान, रूपार्थपरक व्याकरण, व्यवस्थापक व्याकरण, रूपान्तरण व्याकरण र कारक व्याकरणको पृष्ठभूमि, आधारभूत मान्यता, भाषिक विश्लेषणका प्रक्रिया र पद्धति एवम् तिनका उपलब्धिसँग विद्यार्थीहरूलाई परिचित गराउने अपेक्षा गरिएको छ ।

पाठ्यांश शीर्षक ः भाषिक विधा शिक्षण                             

प्रस्तुत पाठ्यांश शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित ‘नेपाली शिक्षा’ विषय लिई स्नातकोत्तर (एम.एड.) तहमा विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरूका लागि तयार गरिएको हो । यस पाठ्यांशमा नेपाली भाषा शिक्षणका सन्दर्भमा भाषिक सिप विकासका दृष्टिले विधा शिक्षण तथा आस्वादनका दृष्टिले साहित्यिक विधा शिक्षण प्रविधिसम्बन्धी विविध पक्षहरूको सैद्धान्तिक र प्रायोगिक सुझ विकास गर्ने खालका भाषिक विधा र साहित्यिक विधा शिक्षणसँग सम्बन्धित सामग्रीहरू राखिएको छ ।

पाठ्यांश शीर्षक ः पाठ्यांशको भाषिक सम्पादन कला

यो पाठ्यांश सम्बन्धित तहका विद्यार्थीहरूमा भाषासम्पादन कौशलसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको हो । यसमा जम्मा चारओटा एकाइहरू छन् र यी एकाइहरूमा प्रस्तुत विषयवस्तुबाट भाषा सम्पादनको सैद्धान्तिक परिचयका साथै भाषा सम्पादनका विधि र प्रक्रियासम्बन्धी प्रायोगिक सिप विकास हुने अपेक्षा गरिएको छ । यस पाठ्यांशले शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीहरूको सक्रिय सहभागिताको अपेक्षा गरेको छ । त्यस क्रममा कक्षाकोठामा सामुहिक छलफल, कार्यपत्र तयारी र कक्षा प्रस्तुति आदि क्रियाकलापहरूमा जोड दिइएको छ ।

पाठ्यांश शीर्षक ः ऐतिहासिक भाषाविज्ञान र नेपाली भाषा       

यस पाठ्यांशमा दिइएका पाठ्यवस्तुबाट ऐतिहासिक भाषाविज्ञान, भाषिक वर्गीकरण र भारोपेली भाषा परिवार, नेपाली भाषाको उत्पत्ति र विकासक्रम, नेपालमा बोलिने विभिन्न भाषा परिवारका भाषा सहित भाषिक परिवर्तनसम्बन्धी जानकारी गराउने अपेक्षा गरिएको छ । यो पाठ्यांश मूलतः पाँच एकाइमा विभाजित छ । यसमा ऐतिहासिक भाषाविज्ञानको परिचय, संसारका भाषाको पारिवारिक वर्गीकरण, नेपाली भाषाको उत्पत्ति र विकासक्रम तथा विभिन्न चरणहरूको अध्ययन र नेपालमा बोलिने भाषापरिवार र तिनका वक्ता, क्षेत्र आदिको जानकारीका साथै भाषिक परिवर्तनका कारणहरूसँग सम्बन्धित सामग्री समावेश गरिएको छ ।

पाठ्यांश शीर्षक ः कोशविज्ञान पाठ्यांशको

प्रस्तुत पाठ्यांश कोशविज्ञानसम्बन्धी ज्ञान र सिपको विकास गर्ने उद्देश्यले तयार पारिएको हो । यस पाठ्यांशमा जम्मा पाँच एकाइ छन् । तीमध्ये कोशको परिचय र वर्गीकरण, कोश सम्पादन योजना र प्रक्रिया, कोशविज्ञान र अन्य विषयसँग यसको सम्बन्ध, कोश निर्माण परम्परा र कोश निर्माण परम्परा र कोश सम्पादनका समस्या जस्ता विषयवस्तुहरू रहेका छन् ।

For any queries:

डा. कुश्मिला आचार्य  (विभागीय प्रमुख)

kusmila.acharya@cded.tu.edu.np

Journal Published by Students'

Click on the link to download: https://bit.ly/3Ko4yf1