यस शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा सेमेस्टर प्रणाली अन्तर्गत शैक्षिक वर्ष २०७३/०७४ को लागि एम.एड. तह अध्ययन गर्न इच्छुक छात्र छात्राहरुलाई शिक्षाशास्त्र डीन कार्यालयको सूचना अनुसार स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्नाका लागि निम्नानुसार २०७३ चैत्र १४ गते सम्म आवेदन फारम भर्न यो सूचना प्रकाशित गरिएको छ |

आवेदकहरुले ध्यान दिनु पर्ने कुराहरु

१. भर्नाका लागि आवेदन गर्न सकिने विषयहरु : अंग्रेजी शिक्षा, नेपाली शिक्षा, गणित शिक्षा, इतिहास शिक्षा, राजनीतिशास्त्र शिक्षा, भूगोल शिक्षा, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, जनशंख्या शिक्षा, अर्थशास्त्र शिक्षा, पाठ्यक्रम तथा मुल्यांकन, विज्ञान शिक्षा, आइ.सी.टि र एस.एन. ई.शिक्षा र शिक्षा योजना तथा व्यवस्थापन

२. आवेदन फारम प्राप्त गर्न शिक्षाशास्त्र केन्द्रीय विभागको ने.बै.लि. किर्तिपुर स्थित च.हि.न. १६७७ मा रु. १,०००/-(एक हजार मात्र) बुझाएको भौचर ल्याई लेखा शाखा कोठा न. ५८ मा बुझाई रसिद लिई सो देखाए पछि कोठा न. ५५ को झ्याल बाट ११.०० बजे देखि ४.०० बजे सम्म आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिनेछ |

३. आवेदन फारम साथ आफ्नो शैक्षिक योग्यताको(एस. एल. सी. देखि स्नातक तह सम्मको) प्रमाण पत्रहरुको (ट्रान्सक्रिप्ट तथा चारित्रिक) प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने छ | अन्यथा फारम बुझिने छैन |

४. आवेदन फारममा हालसालै खिचेको दुइ प्रति फोटो राख्नु पर्ने छ र प्रवेशपत्र फारम बुझाए पछि तत्कालै पाइनेछ |

५. शिक्षाशास्त्रको जुनसुकै विषयमा स्नातक तह उतिर्ण गरेकाहरुले भूगोल, इतिहास, राजनीतिशास्त्र, पाठ्यक्रम तथा मुल्यांकन, शिक्षा योजना तथा व्यवस्थापन र एस.एन. ई. विषयमा बिशिस्टिकरण गर्न सक्नेछन् | अन्य विषयको हकमा सोहि विषयमा स्नातक तह उतिर्ण गरेको हुनुपर्ने छ |

६. अन्य थप जानकारिका लागि शिक्षा डीन कार्यालयको भर्ना आवेदन तथा प्रवेश परीक्षा सम्बन्धि सूचना मिति २०७३-१२-०१ गतेको गो.प. तथा शिक्षा शिक्षाशास्त्र केन्द्रीय विभागको Website www.tucded.edu.np मा हेर्न सकिने छ |

 

प्रवेश परीक्षा :- २०७३-१२-१९ गते शनिवार

समय:- बिहान ८:०० वजे देखि ९:३० बजे सम्म

 

वोधार्थ

१. लेखा शाखा शिक्षा शास्त्र

२. विभागीय प्रमुखज्यूहरु............प्रमाणपत्र रुजु तथा प्रमाणित गर्ने कार्यमा आवश्यक सहयोग गरीदिनु हुन् |

 

 

..................................

(डा. दिप बहादुर अधिकारी)

प्रमुख

विद्यार्थी हित परीक्षा शाखा